प्रहरीको गोलीबाट घाइतेको सेती अञ्चल अस्पतालमा उपचार हुदै

 

कैलाली, भदौ ९ । निर्मला पन्तको बलात्कार र हत्याका वास्तविक दोषी पत्ता लगाउन दबाब दिदैं शुक्रबार कञ्चनपुरको भीमदत्तनगरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाईते भएकाहरुको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 

घाईते बालक चेतन भट्टले आन्दोलनमा सहभागी भएर घर फर्कदै गरेको अवस्थामा गोली लागेको बताए । कञ्चनपुर घटनालाई मध्यनजर गर्दै प्रदेश नम्बर ७ का मुख्यमन्त्रीले सुरक्षा बैठक आयोजना गरेका छन् । मुख्यमन्त्री निवासमा भएको बैठकमा सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् ।

 

घाईतेहरु चेतन भट्ट, कबिन्द्र सिंह र दामोदर खत्रीको उपचार भरहेको डा. गोविन्द रावतले जानकारी दिए । सोही घटनामा घाईते भएका सुरेश प्रकाश चटौत र उमेश देउबालाई सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको डा. रावतले बताए ।