मासु भुलेर पनि नखानु होस तपाईलाई यस्ता किसिमका समस्या छन भने

 

काठमाडौं ।  दशैलाई मासु खाने चाडको रुपमा पनि लिइन्छ । दशैको अष्टमीको दिन सबैले घर घरमा खसी,बोका, राँगा काट्ने चलन रहेको छ । दशैको अष्टमीको दिनमा काटेको मासु दशै अवधिभर नसक्किए सम्म खाने गरिन्छ ।

दशैमा मानिसहरु अन्य खानेकुरा भन्दा मासु बढि खाने गर्दछन् । तर दशैको समयमा मासु खादा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउछन् । दशैमा बढि मासु खादा स्वास्थ्यमा समस्या हुने चिकित्सकहरुको भनाइ छ ।

यी समस्या हुनेले मासु धेरै नखानुस्

ग्यास्ट्रिक

उच्च रक्तचाप

उच्च कोलेस्टेरोल

युरिक एसिडको

मुटु सम्बन्धी समस्या

यी समस्या भएको व्यक्तिले मासु खादा विशेष सावधानी अपनाउनु पर्ने डा. शेरबहादुर पुनको भनाइ छ । मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानीको मिश्रण हुन्छ । ग्यास्ट्रिक,उच्च रक्तचाप, युरिक एसिडको समस्या भएको व्यक्ति र मुटुरोगीले मासु धेरैखादा यी समस्याहरु झनै बल्झिन्ने डा. पुन बताउँछन् । विरामी भएका व्यक्तिले सकेसम्म मासु खानै नहुने उनको भनाइ छ ।

स्वस्थकर मासु स्वस्थ तरिकाले बनाएर मात्रा मिलाएर खाँदा भने स्वास्थ्यलाई फाइदा गर्छ ।

पोषण विद् अतुल उपाध्यायका अनुसार सकेसम्म मासुलाई तेल नहाली उसिनेर खादा शरीरलाई फाइदा गर्छ । दशैमा मासु खादा सकेसम्म बोसो, फोक्सो आन्दा, छाला रहित मासुमात्रै खानुपर्ने उपाध्यायले बताए । विगत ५ वर्ष अघिदेखिआफुले मासु तेल विना नै पकाउदै आएको बताउँदै उनले लोकान्तरलाई भने,‘ तेल नहाली पनि मासु पकाउन सकिन्छ । नुन र बेसार हालेर तातो भाडामा मासु पकाउदा तेल मासुबाट नै निस्कन्छ । त्यसरी पकाएको मासुले स्वास्थ्यलाई राम्रो गर्छ ।’

दशैको बेला मासुको प्रयोग धेरै हुन्छ । मासुलाई स्वादको लागि मिठो हुनेगरी पकाएर खाने गरीन्छ । यसरी मासु खादा स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने उपाध्यायको भनाइ छन् ।

यसरी हुन्छ स्वास्थ्यकर मासु, जसले स्वास्थ्यलाई फाइदा पु-याउछ

मासु काट्ने स्थान र हतियार सफा हुनुपर्छ ।

दशैको समयमा घरघरमा खसि,राँगा,कुखुरा काट्ने चलन हुन्छ । कतिपय स्थानमा राँगा, भैसी तथा बंगुरलाई सामुहिक स्थानमा काटेर भाग लगाउने चलन पनि छ । यस्तोअवस्थामा मासु काट्ने स्थान र हतियार सफा हुनुपर्छ ।

मासु काट्ने स्थानमा सफा, झिंगा नलाग्ने गरी सफा गर्नुपर्छ

मासुमा भएको बोसोलाई हटाउने

मासु काटिसकेपछि छाला र बोसोलाई हटाउनु पर्छ । बोसो भएको मासुमा चिल्लो प्रदार्थ धेरै हुने हुँदा बोसोयुक्त मासु खादा ग्यास्ट्रिक हुने सम्भावना हुन्छ । त्यसैले सबैभन्दा पहिला त मासुमा भएको बोसोलाई निकाल्नु पर्छ ।

काटेर तयार पारेको मासुलाई राम्रोसंग पर्खाल्नु पर्छ

दशैमा खाने मासुलाई स्वादको लागि राम्रो बनाउने चलन हुन्छ । मासु पखाल्दा स्वादिलो हुदैन भनेर नपखाले रै पनि पकाउनेगरीन्छ । तर नपखालीपकाएको मासुले स्वास्थ्यलाई असर गर्छ । त्यसैले मासुलाई पकाउनु अघि पखाल्नुपर्छ ।

चिल्लो, पिरो र मसला कम राखेर पकाउने

मासुलाई सकेसम्म उसिनेर खादा फाइदा गर्छ । तर नेपालीहरुमा उसिनेर मासु खाने चलन छैन । मासुलाई धेरै चिल्लो, पिरो र मसला हालेर स्वादिष्ट बानाउने चलन छ । धेरै चिल्लो पिरो र मसला हालेको मासुले स्वास्थ्यलाई असर गर्छ । त्यसैले मासुमा चिल्लो, पिरो र मसला कम हाल्नुपर्छ ।

मात्रा मिलाएर मासु खाने

दशैको बेला घरमा मासु धेरे नै हुन्छ । दशै त हो नि भनेर हामी अन्य समयमा भन्दा अलि बढि नै मासु खाने गछौं । तर मात्रा नमिलाई मासु खादा प्रोटिन बढि भइ दशैमा विरामी पर्न सकिन्छ । त्यसैले मात्रा मिलाएर मासु खानुपर्ने चिकित्सकहरुको भनाइ छ । दैनिक ३ पटक भन्दा बढि खानु स्वास्थ्यको लागि उपयुक्त हुदैन ।

मासुसंगै हरियो सागसब्जी र फलफुलको खाने

मासुसंगै हरियो सागसब्जि र फलफुल खादा पाचन प्रणाली सहज हुन्छ । सागसब्जि र फलफुलले कोलेस्टोल घटाउन मद्धत पु-याउछ ।

तामाको अचार तथा दहि खाने

बाँसको तामाको अचार तथा दहिमा अम्लिय पदार्थ हुन्छ । जसले शरीरको पाटन प्रक्रियालाइ पचाउने शक्तिमा सहयोग गर्छ । दशैमा मासुसंगै तामाको अचार र दहि खादा हामीले खाएको मासुलाई पचाउन पनि सहयोग पु-याउछ ।