भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको लागी वायुसेनाको विमानबाट १३ जनाको टोली काठमाडौंमा

 

काठमाडौं भदाै ९।  भारतिय प्रधानमन्त्री मोदी नेपाल आउंदा प्रयोग गर्नको लागी भारतिय वायुसेनाको विमानबाट शनिवार दिउंसो ३ वटा गाडीसहित १३ जनाको टोली नेपाल पुगेको हो । वायुसेनाको विशेष विमान शनिवार १ बजेर ४७ मिनेटमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

 

विमष्टेक सम्मेलनमा सहभागी हुन् आउने भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको लागी एडभान्स टोली नेपाल आईपुगेको छ । उनीसहित विमष्टेक राष्ट्रका राष्ट्र प्रमुखहरुको सुरक्षा नेपालले गर्ने भएपनि मोदीको सुरक्षा भने भारतिय सेनाले नै गर्ने भएको छ ।

बिमस्टेकको सम्मेलन आगामी भदौ  १४ र १५ गते काठमाडौंमा हुन लागेको छ ।