हत्या गरेकाे आरोपमा चारजना पक्राउ

 

बैतडी भदाै ९। मार्मा गाउँपालिका– वडा नं १ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी ठगुन्नाको भदौ ४ गते रातिको समयमा घरमै हत्या भएको थियो । हत्या गरिएका ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको बताइएको छ ।

 

मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ

 

पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्ना रहेका छन् । “पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि पक्रेका छौँं ”जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले भने,“अनुसन्धानपछि पुष्टि भए कानून बमोजिम कारवाही हुन्छ।

 

ठगुन्ना एक्लै घरमा सुतिरहेका बेला हत्या भएको हो । ठगुन्नाका श्रीमती छोरा तराईतिर बस्ने र ठगुन्ना एक्लै घरमा बस्ने गरेका थिए । तराई पठाउनका लागि जम्मा गरेको १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दार्चुला सदरमुकामबाट घटनास्थल एक दिनको पैदल दुरीमा छ ।