कञ्चनपुरका एसपी बिष्ट निलम्बित

 

काठमाडौं,  भदौ ९ । निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई निलम्बन गर्न निर्णय गरेको छ। शनिबार मन्त्रालयले यस्तो निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय भएको हो।

 

तीनै जनामाथि छानबिनका लागि केन्द्रमा बोलाइएको छ। स्रोतका अनुसार प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही रहेको देखिएपछि एसपी बिष्टलाई निलम्बन गरिएको हो। निर्मलाको बलात्कार तथा हत्यामा उनका निकट व्यक्तिको संलग्नताको आशंका गरिएको छ।

 

एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो। हत्याका मुख्य अभियुक्तलाई उनले जोगाउने प्रयास गरेको आशंका गरिएको छ। बैठकले डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्ने निर्णय पनि भएको छ।