रक्षाबन्धन ग्रहणले खुल्नेछ भाग्यको ढोका : पुरा पढ्नुहोस

 

काठमाडौ । हिन्दु धर्मालम्बीहरुको महान पर्व रक्षाबन्धन आउँदो आइतबार मनाइदैछ । यस दिनलाई हिन्दु धर्ममा आस्था राख्नेहरुले विशेष महत्वको साथ लिने गर्छन । यस दिन दिदीबहिनीहरुले दाजुभाइहरुको दिर्घायुको कामना गर्दै रक्षाबन्धन बाँध्ने गर्छन । यस पर्वलाई दिदीभाई वा दाजुबहीनीको पर्व पनि भन्ने गरिन्छ ।

 

यस दिन दिदीबहीनी हुनेहरुले दिदीबहीनी र नहुनेहरुले पुरोहितको हातबाट रक्षाबन्धन बाँध्ने गर्छन । यस दिन यने डोरी हातमा लगाउँनाले जीवनभर कुनै पनि प्रकारकोे समस्याहरु नआउँने र आए पनि सजिलैं टर्ने धार्मिक विश्वास रहँदै आएको छ । रक्षाबन्धन पर्व मनाउँनुको पछाडी धेरै कारणहरु रहेका छन ति मध्यको सबैभन्दा प्रमुख हो,श्रावण पुर्णिमा ।

 

१, पञ्चाङ्क र ज्योतिषको अनुसार

 

रक्षाबन्धन हरेक वर्ष श्रावण महिनाको पुर्णिमा तिथीमा मनाउँने गरिन्छ । यो वर्ष रक्षाबन्धन भदौं १० गते आइतबारको दिन मनाइदैंछ । यो वर्षको सबैभन्दा राम्रो पक्ष के हो भने तिथीहरुमा कुनै पनि प्रकारको समस्या रहेको छैन । यस वर्षको श्रावण पुर्णिमा तिथीको आरम्भ शनिबार साँझ ३ः१७ मा सुरु भएर अर्को दिनको बिहान ५ः२६ मिनेटमा सकिने भएको छ । श्रावण नक्षत्र शनिबार बिहान ९ः१५ मा सुरु भएर आइतबार ४ः२० मिनेटसम्म रहने भएको छ ।

 

२, यसकारण आइतबार परेको छ रक्षाबन्धन

 

भदौं ९ गते ३ः१७ मिनेटमा नैं पुर्णिमा तिथी सुरु हुने भएको हुनाले यो वर्षको रक्षाबन्धन आइतबार पर्न गएको हो । भदौं १० गतेको सुर्यादय सुरु हुँदा पुर्णिमा तिथी रहने भएको हुनाले पनि भाईबहीनी बिचको स्नेह र सदभावको पर्व आइतबार परेको हो । शनिबार चर्तुदशीमा सुर्यादय हुने भएको हुनाले शनिवारको दिन यो पर्व मनाउँन नमिल्ने ज्योतिषहरुले बताएका छन । र अर्को कारण के पनि हो भने,शनिबारको पुर्णिमा तिथीमा भद्रा पनि लागेको छ जुन शुभ मानिदैंन । आइतबार बेलुका ४ः१५ मा रक्षाबन्धन बाँध्नु सबैभन्दा उत्तम रहने बताइएको छ ।

 

३, यस्तो बन्नेछ शुभ संयोग

 

यो वर्षको रक्षाबन्धन चार वर्ष पछिको सबैभन्दा शुभ रहने भएको छ । विगत चार वर्ष भन्दा पछाडी रक्षाबन्धनको दिन भद्राको छाँया नपरेको यो पहिलोपटक हो । ज्योतिषहरुका अनुसार भद्रा काल सबैभन्दा अशुभ हुन्छ यस कालयोगमा कुनै पनि शुभकार्यको थालनी गर्नुहुँदैन । शास्त्रहरुमा भनिएको छ भद्रा योग रहेको बेला रक्षाबन्धन बाँध्नाले सोचेको मनोकामना पुरा नहुँने कुरा शास्त्रहरुमा उल्लेख गरिएको छ । भद्रा काल योग आइतबार बिहानैं सम्माप्त भएर जानेछ र आइतबार दिनभर नैं शुभ रहने देखिएको छ । रक्षाबन्धन पर्व खुःशीसाथ मनाउँनको लागि तपाईसँग आइतबारको दिन पुरा नैं शुभ रहने भएको छ ।

 

४, यो समयमा बाँध्नुहुँदैन रक्षाबन्धन

 

आइतबारको दिन यो वर्ष भद्राकाल नरहने भएको हुनाले सामान्यतया दिनभरी नैं शुभ मानिएको छ । कुनै पनि बहिनीले आफ्नो भाइृको लागि राहुकालमा रक्षाबन्धन बाँध्नु राम्रो हुँदैन । आइतबार बेलुका ४ः०१ मिनेट सम्म राहु काल रहने भएको छ,यो बिचमा रक्षाबन्धन बाँध्नु शुभ हुँदैन । तपाईलाई जानकारी गराउँ कि पुर्णिमा तिथी बेलुका ५ः२१ मा सकिने भएको छ,यस समयमा तपाईले रक्षाबन्धन लगाउँन सक्नुहुन्छ ।

 

५,धन र समृद्धिको लागि रक्षाबन्धनमा यस्तो गर्नुहोस

 

श्रावण पुर्णिमा अर्थात रक्षाबन्धनको दिन भगवान विष्णुका अवतार हयग्रिवको जन्म भएको धार्मिक विश्वास रहेको छ । यस दिन भगवान विष्णुको पुजाअर्चना गर्नु सबैभन्दा महत्वपुर्ण मानिएको छ । भगवान विष्णुको यो अवतारको पछाडी माता लक्ष्मीको पनि ठुलो हात रहेको कुरा शास्त्रहरुमा उल्लेख गरिएको छ । यसकारण रक्षाबन्धनको दिन भगवान विष्णुको पुजा सँगैं लक्ष्मी माताको पुजा गर्नाले तपाईलाई आर्थिक लाभ हुने देखिन्छ ।