कुकुरहरुले खुट्टा उचालेर पिसाव किन फेर्छन यस्ताे छ कारण

 

एजेन्सी । हामीले अधिकांश समयमा कुकुरहरु ले रुखको फेँदमा या त गाडीको टायरमा पिसाब फेरेको देख्छौँ । हाम्रो लागि यो निकै सामान्य कुरा हो।

 

तर के तपाईले यसको कारण बारे जान्ने कोशिस गर्नु भएको छ ? छैन भने आज हामीले तपाईलाई यसको विशेष कारण बारे बताउन गइरहेका छौँ ।

 

कुकुरलाई पिसाब फेर्ने जति नै धेरै ठाउँ दिए पनि उनीहरु रुख, गाडी, पर्खाल या त कुनै यस्तै ठाडो वस्तुमा पिसाब फेर्ने गरेको देखिन्छ ।

 

यसको पछाडी एउटा तार्किक कारण छ । वास्तवमा कुकुरहरु आ-आफ्नो इलाकामा बस्ने प्राणीहरु हुन् । यिनीहरु ले यस्तो ठाउँमा पिसाव फेर्छन्, जो सधैँ ठाडो अवस्थामा रहेको हुन्छ । अर्को महत्वपूर्ण कुरा कुकुरहरु सधैँ आफ्नो नाकको उचाइमा पिसाब फेर्छन् ।

 

ताकि उनीहरु अन्य कुकुरहरुको लागि आफ्नो गन्ध छोड्न सकुन् । यसबाट उनीहरुले अन्य कुकुरलाई यो मेरो इलाका हो भनेर चिह्न छोड्ने गर्दछन् ।यसैकारण नै कुकुरहरु सधैँ एउटा खुट्टा उचालेर रुख, गाडी, पर्खाल वा पिल्लरमा पिसाब फेर्छन ।