लगनखेल स्थित बटुकभैरव स्तुपा आजभोलि लवपार्कमा फेरिँदै

विष्णु आले’विकिरण

 

ललितपुर भदाै ९।   लगनखेल स्थित बटुकभैरव स्तुपा आजभोलि लवपार्कमा फेरिँदै छ।बिहान स्तुपा परिक्रमा गर्नेको भीड लाग्छ भने दिउँसो लवपार्कको लागि धार्मिक जोडी लगायत युवायुवती मस्ती गरिरहेका भेटिन्छन्।

 

केही वर्ष अघि रोटरी क्लवको संरक्षणमा स्तुपा संरक्षण तथा सरसफाईका लागि एकजना महिला राखिएको थियो तर अहिले उनी त्यहाँ छैनन्।बेलाबखत लगनखेलका सुरक्षाकर्मी गएर स्कुल ड्रेसका विद्यार्थीलाई थर्काउँदै निकालिन्छ।दुईचारदिन अलि कम हुन्छ प्रणय जोडीका मस्ती फेरि बल्झिहाल्छन् । गेटैमा मकै पोल्दै बेच्ने महिलाले बताइन्।

 

अर्की गाडामा म:म ससेज बेच्ने महिला भने अँ राम्रो ठाउँ छ विशेष केटाकेटी घुम्नलाई अनि प्राय: नेता,जग्गा दलाल र र विद्यार्थीहरुका जमघट स्थल बनेका छन्।

०६६ सालमा पाटनका मजदूरहरुको कार्यालय बटुकभैरव बनाउने योजना बनाएका औद्योगिक क्षेत्रका महाप्रबन्धक(मास्के)ल­­े तात्कालीन रिद्धि टायल उद्योग पाटनका संचालक मणिरत्न शाक्यलाई कल्याणबाट मजदुर संगठनको अफिस हटाउने र बटुकभैरबको टहरा दिलाउने आन्तरिक कुरा चलाएका थिए तर उनी सरुवा भएपछि हुलाक अफिसमा मजदुर अफिस सारियो र बटुकभैरव अफिस दिइएन्।

 

अहिले स्तुपामा बच्चाहरु जथाभावी चकचक गर्ने र युवायुवतीहरुले लवपार्क मान्न थालेपछि सोझासाझा भक्तजनहरु दर्शनका लागि छिर्न समेत लाजमर्दो अवस्था छ।