अापूर्तिमन्त्री मातृका यादवकाे चेतावनीपछि झुके कालीमाटीका तरकारी व्यापारी
काठमाडौं भदाै ९। कालीमाटीका तरकारी व्यापारीहरु अन्ततः सरकारसँग झुक्न बाध्य भएका छन्।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव आफै कालीमाटी पुगेर बजार बन्द गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएपछि कालीमाटी तरकारी फलफूल तथा थोक बजार व्यवसायिक संस्थाले सरकारलाई पत्र लेखेर बन्दहडताल नगर्ने प्रतिवद्धता जनाएको हो।
बिचौलिया अन्त्य गर्न अनुगमनमा गएको सरकारी टोलीलाई नै नियन्त्रणमा लिएर आन्दोलन गरेका कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरुलाई अन्ततः सरकारले झुक्न बाध्य बनाएकाे छ।
संघका महासचिव रामकृष्ण रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै आगामी दिनमा कुनै प्रकारको बन्द, हड्ताल नगर्ने प्रतिबद्धता जनाएका छन्।
सरकारी टोलीलाई नियन्त्रणमा लिएपछि सरकारले उक्त संस्थाका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको थियो। संघले सरकारलाइ पत्र लेख्दै उनको रिहाइको अनुरोध गरेको छ अनुगमनको क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार ६गतेदेखि खुलेको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुव्र्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो ।
त्यसैगरी संस्थाले एउटा सूचना समेत जारी गर्दै संघर्ष समिति बिघटन गरिएको व्यवसायीलाई जानकारी गराएको छ। सूचनामा भनिएको छ,‘२०७५ भाद्र ०९ गते बसेको कार्यसमिति बैठकले हालको परिश्थितिलाई मध्यनजर गर्दै संघर्ष समिति विघटन गर्ने निर्णय गरेको छ।’
पत्रमा भनिएको छ, ‘अबका दिनमा तरकारी बजारमा नेपाल सरकारका विभिन्न अनुगमन गर्ने निकायहरू आउँदा समन्वय गर्ने र बजारलाई व्यवस्थित ढंगबाट सञ्चालन गरिनेछ