निर्मला र खुनाका परिवारलाई सरकारको १०–१० लाख र प्रहरीकाे गाेलीबाट मारिएका खुना शहीद घोषित,

  

काठमाडौं भदाै १०।  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको निस्पक्ष छानबिनको माग गर्दै भइरहेको आन्दोलनको क्रममा ज्यान गुमाएका खुनालाई मन्त्रिपरिषद्ले शहीद घोषणा गरेको छ।

 

सरकारले शुक्रबार कञ्चनपुरमा प्रदर्शनको क्रममा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका किशोर सनी खुनालाई शहीद घोषणा गरेको हाे।

 

यसैगरी, मन्त्रिपरिषद् बैठकले बलात्कारपछि हत्या गरिएकी निर्मला र खुनाका परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ।

 

बैठकले निर्मलाका वास्तविक हत्यारा लुकाउन भूमिका खेलेको आरोप लागेका कञ्चनपुरका एसपी डिल्लीराज बिष्ट, डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दाका इन्स्पेक्टर एकेन्द्र खड्कालाई निलम्बन गर्ने निर्णयपनि गरेको छ।

 

सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार  बैठकले घाइतेहरूकोे निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

चिकित्सकको सिफारिस बमोजिम अंगभंग भएकाहरूलाई आर्थिक सहयोग गराउने निर्णय पनि बैठकले गरेको छ।