‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो

 कञ्चनपुर भदाै १०।  शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए ।

 

उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे ।

 

ठेकेदारको घरमा उनलाई नभेटेपछि बजार हुँदै घर फर्कँदै गर्दा ट्राफिक चोक नजिकै घरको छतमा बसेका ८-१० जना प्रहरीले उनीहरुलाई गाली गर्दै भाग्न भने । भाग्दै गर्दा प्रहरीले गोली हान्यो । सन्नीसँगै रहेका उमेशले भने, सन्नीले अंकल हामी आन्दोलनकारी होइनौं, हामीलाई केही नगर्नुस् भन्दै थियो । अनुनय गर्दागर्दै दुइजना बन्दुकधारी प्रहरीमध्ये एउटाले गोली चलाएको उनले बताए ।

 

सन्नी ढलेपछि आफू भने डरले भागेको उनले बताए । उमेशले भने, प्रहरीले गाली गर्दै तैं होस् ढुंगा हान्ने भनेर सीधैं छातीमा गोली ठोक्यो ।ु सन्नी र उमेश मिल्ने साथी हुन् ।

 

सन्नी रक्षाबन्धनमा दिदीबहिनीका लागि मिठोमसिनो खुवाउन भन्दै ठेकेदारसँग काम गरेबापतको पैसा माग्न जान्छु भनेर घरबाट निस्किएको बुवा वीरबहादुर बताए । उनले भने, श्रम गरेको पैसा माग्न गएको छोराको बेलुकी लास देख्नुपर्यो । आजको नागरिक दैनिकमा छ ।