सीपीएलको अन्तिम खेलमा चलेनन् सन्दीप, ४ ओभरमा ४३ रन ० विकेट

 

काठमाडौँ, भदौ १० । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सीपीएल क्रिकेटको आफ्नो अन्तिम खेलमा विकेट लिन सकेनन्। सन्दीप आवद्ध सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विजयी भएपनि उनी भने महंगो बलर सावित भए। सेन्ट किट्सले लगातार तेस्रो जित निकालेको छ।

 

गएराति भएको खेलमा सन्दिपले विकेट नलिएको खेलमा सेन्ट प्याट्रियट्सले बार्बाडोज ट्रिडेन्टलाई ६ विकेटले पराजित गरेको हो। ४ ओभर बलिङ गरेका सन्दीपले ४३ रन खाएका थिए।

 

उनको बलिङमा बार्बाडोजका ब्याट्सम्यानले ३ छक्का र ३ चौका प्रहार गरेका थिए। यसअघिका खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीपले खेलेको सीपीएल भरी ७ विकेट लिएका छन्। अब उनी भोलि एशिया कप छनोट प्रतियोगिताका लागि नेपाली टाेलीमा सहभागि हुन मलेसिया प्रस्थान गर्नेछन्।