एक युवक पक्राउ ,१४ वर्षीया बालिका बलात्कृत,

 काठमाडौं, भदौ १० ।  देशभर बलात्कारविरुद्ध आन्दोलन भइरहेका बेला शनिबार साँझ काठमाडौंमा एक किशोरी बलात्कारमा परेकी छिन्।  तारकेश्वरमा १४ वर्षिय किशोरी बलात्कारमा परेकी हुन्।

 

नेपालटारस्थित खाजा घरमा काम गर्ने किशोरी बलात्कारमा परेकी हुन्। प्रहरीले बलात्कारको अभियोगमा बाजुरा बुढीनन्दा नगरपालिका–१० का १८ बर्षीय साजन बोहरालाई पक्राउ गरेको हो।

 

पीडित किशोरी सोही खाजा घरमा काम गर्दथिन्। मदिरा पिएर उनले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अभियुक्तलाई पक्राउ गरी विस्तृत अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले बताए।