विनोद चौधरीदेखी पूर्व राजा ज्ञानेन्द्र शाह सम्म नेपालका टप १० धनाड्य फोब्सको सूचीमा

 

काठमाडौं  भदाै १०। फोब्सले सार्वजनिक गरेको धनाड्य ब्यक्तिको सूचिमा नेपालका १० जना परेका छन् । फोब्सको सूचिमा पर्नेमा व्यवसायी विनोद चौधरीदेखी पूर्वराजा ज्ञानेन्द्र शाहसम्म छन् ।

 

व्यवसायी विनोद चौधरी १.६ विलियन सम्पतिका मालिक नेपालकाे धनाड्य ब्यक्तिको सूचिमा टप १ मा परेका छन् ।  ४ सय १० मिलीयन डलरका मालिक शेष घले टप २ मा परेका छन् । त्यस्तै ३ सय ६० मिलीयन डलरका मालिक उपेन्द्र महत्तो टप ३ मा परेका छन् ।

 

सञ्चार उद्यमी तथा ब्यवसायी अजय सुमार्गी २ सय मिलीयन डलर सहित टप ४ मा परेका छन् । १ सय मिलियन डलरका मालिक आदित्य झा टप ५ मा परेका छन् । ९२ मिलीयन डलरका मालिक जीवा लामिछाने टप ६ मा परेका छन् ।

 

राजनितिज्ञ पशपति शमशेर राणा ८४ मिलीयन डलर सहित टप ७ परेका छन् । ७० मिलियन लडर सहित बलराम चेनराई टप ८ मा परेका छन् । ६२ मिलीयन डलर सहित राजेन्द्र खेतान टप ९ मा परेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह ५८ मिललियन डलरसहित टप १० मा परेका छन् ।