अन्तिम अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी, कप्तान पारस र ऐरीको अर्धसतक
काठमाडौं ।श्रीलंकामा रहेको नेपाली क्रिकेट टोली आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएको छ । २ सय १७ रनको लक्ष्य पच्छ्याएको नेपालले कोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो ।
नेपालको जितमा कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरीले अर्धसतक प्रहार गरे । कप्तान खड्काले ५८ र ऐरीले ५२ रनको योगदान दिए । त्यस्तै त्यस्तै उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ले ४५ रन बनाए । अर्को ओपनर सुवासले २२ रन जोडे । आरिफ सेखले २३ रनको योगदान दिए ।
दोस्रो अभ्यास खेलमा ९२ रनको पारी खेलेका सागर पुन आज ५ रनमै आउट हुन पुगे ।टस हारेर पहिले बलिङ गरेको नेपालले २ सय १६ रनको लक्ष्य पाएको थियो । नेपालले कोल्ट्सलाई ४९.५ ओभरमा २१६ रनमा अल आउट गर्यो ।
शुरुमा निकै दबाबमा राखेको नेपालले अन्तिममा भने केही लय गुमाउन पुगेको थियो ।४४ रनमा ४ विकेट गुमाएको कोल्ट्सका मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।
नेपालका सोमपाल कामीले ३ तथा करन केसी र सागर पुनले दुई—र्दुइ विकेट लिए भने ललितनारायण राजबंशीले एक विकेट हात पारे ।