चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते सवारीमा जोरबिजोर प्रणाली लागु

 

काठमाडौँ, भदौ १० । चौथो बिमस्टेक सम्मेलन हुने आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यका विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ भने १४ गते जोर नम्बरमा गुड्नेछ ।

 

चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ ।

 

नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ । ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१, ३, ५, ७, ९) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ बताएको छ ।

 

१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।