चर्को आलोचनापछि माया विकका परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने निर्णय

 धनगढी, भदौ ११ ।सोमबार बसेको प्रदेश सातको मन्त्री परिषद्को बैठकले कैलाली कञ्चनपुरमा भएका बलात्कारका घटनाका पीडित परिवारलाई क्षतिपुर्ती दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।

 

सामाजिक सञ्जाल र नागरिक स्तरबाट सरकारको चर्को आलोचना सुरु भएपछि सामुहिक बलात्कारपछि हत्या गरेकी माया बिकका परिवारलाई प्रदेश सरकारले राहत स्वरुप ५ लाख दिने निर्णय गरेको छ ।

 

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कैलालीको गैरीगंगा नगरपालिका–११ कि २१ वर्षीय माया विकको परिवारलाई पनि राहत स्वरु ५ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । मायाको बलात्कारपछि हत्या गरिको थियो । हत्यामा संगलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनको परिवारलाई क्षतिपुर्ती नदिएको भन्दै प्रदेश सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

 

तत्काल नेपाल सरकारले बलत्कारपछि हत्या गरेकी निर्मला पन्तलाई १० लाख दिने निर्णय गरेपछि माया बिक परिवारलाई सरकारले विभेद गरेको भन्दै सामाजिक सञ्जालमा निकै चर्को आलोचना भएको थियो । चौतर्फी सरकारको आलोचनापछि सोमबार बसेको प्रदेश सरकारको मन्त्रीमण्डलको बैठकले यस्तो निर्यण गरेको हो ।

 

यस्तै साउन १० गते भीमदत्त नगरपालिका–२ बस्ने १३ वर्षीय निर्मला पन्तको परिवारलाई पनि रु ५ लाख दिने भएको छ । उनको पनि वलात्कार पछि हत्या गरिएको थियो । पन्त हत्या प्रकरणमा भएको आन्दोलनका मृत्यु भएका भीमदत्त नगरपालिका–१८ वस्ने १४ वर्षिय सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले रु ५ लाख दिने निर्णय गरेको छ ।