दिमाग तिखो बनाउने मन छ भने यौनसम्पर्कको बारेमा सोच्नुहोस

 

 एजेन्सी। आम समाजमा नागरिकहरुमा सेक्सको बारेमा कुरा गर्नु त धेरै टाढाको कुरा हो । सेक्सको बारेमा सोच्नु पनि गलत हो भन्ने बुझाई छ ।

सेक्सको बारेमा केही कुरा आएमा आम समुदायका नागरिक त्यो विषयलाई भन्न रुचाउँदैनन् । तर, अब आम नागरिकले यो विषयमा टेन्सन नलिए हुन्छ । किनकी सेक्सको बारेमा सोच्नु तपाईका लागि फाइदा हुनेछ ।

 

सेक्स सम्बन्ध राख्नु स्वास्थ्यका लागि त फाईदा हुन्छ नै तर, यसको बारेमा सोच्नु भएमा श्रवणशक्ती (दिमाग तेज) बढाउने छ । यो कुरा सेक्ससंग सम्बन्धीत अनुभवी व्यक्तीहरुसंग गरिएको अध्ययनले देखाएको छ ।

 

 

सेक्ससंग जोडिएका विचारले दिमाग तेज बनाउछ । र तपाईको मानसिक सन्तुलनलाई पनि ठिक बनाउछ । त्यसैले सेक्स गर्नुभन्दा सेक्सका बारेमा सोच्नु स्वास्थ्यका लागि फाइदा हुनेछ ।

 

‘ग्रैंड मास्टर ऑफ मेमोरी एड कुक’ का अनुसार दिमागमा सेक्ससंग जोडिएका विचारले व्यक्तिको कल्पना शक्ति बढाउछ । व्यक्तिको भावनाहरुलाई सक्रिय बनाउछ । र कुनै पनि वस्तुको बारेमा लामो समयसम्म याद राख्न मद्दत गर्ने अध्ययनले जनाएको छ ।

 

 

कुकका अनुसार यस्तो यसकारण हुन्छ की यसका विचारले हामीलाई अत्याधिक आकर्षण गर्छ । जसकारण यसले हामीलाई लामो समयसम्म याद गर्ने श्रवणशक्ति प्रदान गर्छ । सेक्सको सम्बन्धीत जोडिएका सबै वस्तुको याद दिमागमा ताजा रहिरहने हुन्छ । यसको साथै दिमागलाई पनि तेज बनाउने काम गर्छ ।

 

 

सेक्सको बारेमा सोचेर दिमागलाई सक्रिय राख्ने तरिका त छैन् । तर, व्रिटिस साम्राज्यको रोमन सभ्यतामा भनिए अनुसार अधिकांश विद्धान, शासक तथा नेताहरु सेक्स सम्बन्धी विचारको मद्दतले यादहरु दिमाग ताजै राख्थे ।

 

 

रोमन दार्शनिक सीसेरोले आफ्नो शास्त्रार्थको बेला विचारहरुलाई याद राख्न सेक्ससंग जोडिएका सपनाहरु कल्पनाहरुको सहारा लिन्थे । किनकी यसले याद ताजै राख्न सजिलो हुन्थ्यो ।

 

एड कुकका अनुसार ‘सेक्सको बारेमा सोच्दा बाँच्ने उमेर बढाउने साथसाथै यादहरु संग जोडिएको समस्याहरु पनि समाधान गर्छ । यस्तो धेरै यादहरु ताजा राख्नको लागि व्यस्त व्यक्तिहरुको लागि यो विधी प्रभावकारी हुन सक्छ ।