साथीको घर जान्छु भनेर हिँडेकी किशोरी फेवातालमा मृत फेला

 

पोखरा, भदौ १२। आइतबारदेखि बेपत्ता पोखराकी एक किशोरी फेवातालमा मृत भेटिएकी छन् । आइतबार दिउँसो ४ बजेतिर घरबबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत भेटिएकी हुन् ।

 

उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि प्रष्ट भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनी साथीको घर जान्छु भनेर घर निस्किएको परिवारका सदस्यहरुको भनाइ छ ।

 

छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत लामिछानेको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो । राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी बेपत्ता भएको प्रहरीले बताएको छ । फेवा किनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले शव निकालेको हो ।