सचिवस्तरीय बैठक सुरु, बिमस्टेक शिखर सम्मेलन तयारीकाे लागि

 

काठमाडौं भदाै १२। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को सचिवस्तरीय बैठक अहिले बसिरहेको छ। काठमाडौंस्थित सोल्टी होटलमा बैठक बसिरहेको हो।

 

यही भदौ‌ १४ र १५ मा काठमाडौंमा हुने बिमस्टेको चौथौ शिखर सम्मेलन तयारीका लागि आयोजित सचिवस्तरीय बैठकको उद्घाटन परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले गरेका हुन्।

 

सचिवस्तरीय बैठकमा शिखर सम्मेलनका विषय, सिफारिस गर्ने विषयगत क्षेत्र र यसअघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ।

 

सचिव स्तरीय आजको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ। मन्त्रालयका अनुसार बिमस्टेक नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध सर्किट, हिमालय अर्थनीति, बिमस्टेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिनेछ।