कलेजो खराब हुनबाट जोगाउने मन छ भने यी खानेकुरा नखानुहोस

 एजेन्सी। हाम्राे शरिरकाे महत्वपूर्ण अंग मध्ये कलेजाे पनि एक हाे । कलेजाेले हाम्राे शरिरमा रक्त शुध्दिकरणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
यसमा कुनै प्रकारकाे समस्या अाए शरिरकाे सम्पूर्ण रक्तसंचारमा असर पदर्छ । तसर्थ यसकाे सुरक्षाका बिषयमा जानकारी लिनु अावश्यक छ ।

 

अाजभाेली हामीले खाने गरेका खानेकुराहरू मध्ये केही खानेकुराले पनि हाम्राे कलेजाेमा असर गरिरहेकाे हुन्छ । खानेकुरा मात्र हाेइन, हाम्राे रहनसहनले पनि कलेजाेमा असर गरिरहेकाे हुन्छ । अाउनुहाेस् यसबारे केही जानकारी लिअाैं ।

 

अधिक या कम खानपानः

हामीले बिहान बेलुका पेट चर्किने गरी खाने गर्दा पनि कलेजाेमा असर हुने गर्दछ । त्यसैगरी खाना नखार्इ लामाे समय बस्दा पनि कलेजाेले काम गर्न नसक्दा फ्याट जम्मा हुन्छ र कलेजाेमा हानी गर्छ । कलेजाेमा असर पर्ने हुन्छ ।

गुलियाेः 

कलेजाेले शक्खरलाई फ्याटमा बदल्ने काम गर्छ । ज्यादा शक्कर खादा कलेजाेको काममा प्रेसर बढ्छ र थप फ्याट कलेजाेमा जम्मा हुन्छ । यसले कलेजाेलाई असर हुन्छ ।

मदिराः

 ज्यादा मदिरा पिउदा पनि शरिरमा टक्सिनको मात्रा बढी हुन्छ । सो टेक्सिन लिभरमा जम्मा हुन्छ र कलेजाेलाई गम्भीर हानी गर्छ । शरिरको वजन बढी हुँदा कलेजाेमा स्ट्रेस पर्छ । यसले कलेजाेमा फ्याट जम्मा हुन्छ र लिभरमा हानी हुन्छ ।

निन्द्राको अभावः

राम्रोसँग नुसत्दा पनि कलेजाेले उचित रुपमा काम गर्न सक्दैन । कलेजाेले काम गर्न नसक्दा फ्याट जम्मा हुन्छ र कलेजाेमा हानी गर्छ ।

कोल्ड ड्रिंक:

कोल्ड ड्रिंकमा कृत्रिम गुलियो र रंग मिसाइएको हुन्छ, जसले कलेजाे सम्बन्धि विभिन्न प्रकारका रोग निम्त्याउछ ।

चुरोटः

चुरोटमा हुने हानिकार पदार्थले कलेजाेका कोषहरुलाई ड्यामेज गरिदिन्छन् ।

पेनकिलरः

लामो समय पेन किलर लिँदा यसको साइड इफेक्टले कलेजाेलाई ड्यामेज गरिदिन्छ ।

ज्यादा भिटामिनः 

चिकित्सकको सल्लाहबिना धेरै मात्रामा भिटमिन ए खाँदा कलेजाेमा नोक्सान हुन्छ ।

खराब जीवनशैलीः

अस्वथकर खानाले शरिरमा पोषणको अभाव हुन्छ, जसले कलेजाेको काममा पूरा असर गर्छ । फ्याट कलेजाेमा जम्मा हुन्छ ।