शेयरबजारमा १२ दिनपछि केहि सुधार एनएमबी बैंक र नेपाल लाइफको सबैभन्दा बढी कारोबार

 

काठमाडौं भदाै १२। सेयर बजार परिसूचकमा मंगलबार हरियाली छाएको छ । लामो समयसम्म गिरावट आएको शेयरवजारमा भदौ महिनाको पहिलो साता भने एकाएक हरियारी छाएको हो । कारोबारमा आएका १० उप समूहमध्ये बाणिज्य बैंक सहित सात उप समूह सकारात्मक बनेपछि नेप्से १.३७ अंकले बढेको हो ।

 

शेयर बजार भदौ ३ गतेदेखि निरन्तर घटेपछि लगानीकर्ता निरास बनेका थिए । निरन्तर घटिरहेको बजार १२ औं दिनमा आएर उकालो लाग्दा लगानीकर्ताहरु आशावादी बनेका छन् ।

 

मंगलबार नेप्से परिसूचक १.३७ अंकले बढेर ११७७.०९ मा पुगेको छ । सूचक सामान्य बढ्दा समेत सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति बढेर १४ खर्ब माथि पुगेको छ ।

कारोबारमा आएका १५४ कम्पनीमध्ये ५९ कम्पनीको सेयरमूल्य घटेको छ भने ६५ कम्पनीको सेयरमूल्य बढेको छ ।

 

मंगलबार सबैभन्दा बढी नेपाल लाईफको एक करोड ६३ लाख, एनएमबि बैंकको एक करोड ४२ लाख, र एनएलजी इन्स्योरेन्सको एक करोड ४ लाख रुपैयँको कारोबार भएको छ ।

शेयर बजारमा समिट माईक्रोफाइनान्स र आरएसडिसी लघुवित्तको सेयरमूल्य भने ३ प्रतिशत बढीले घटेको छ ।