बन्याे, १ डलरकाे नेपाली १ सय १२ रूपयाँ ५६ पैसा अमेरिकी डलरकाे भाउ महंगाे

 

काठमाडौ भदाै १२। अमेरिकी डलरको मूल्य हालसम्मकै महंगाे भएकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार ताेकेकाे विदेशी विनिमय दर अनुसार १ अमेरिकी डलरकाे मुल्य नेपाली १ सय १२ रूपयाँ ५६ पैसा पुगेकाे छ । मंगलबारको विनिमय दर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको हो।

 

भारुसँग स्थिर विनियम दर कायम भएकाले डलरसँग भारु कमजोर हुँदा सोही दरमा नेपाली रुपैयाँ पनि कमजोर भएको हो। पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा आएको सुधारले डलर मजबुत बन्दै गएको छ। तर, भारतीय अर्थतन्त्र कमजोर हुँदा त्यसको प्रभाव मुद्रामा परेको हो।