प्रेसमैत्री वातावरण बनाउन सरकारलाई नेपाल पत्रकार महासङ्घकाे आग्रह

 

काठमाडौँ, भदौ १२ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नेपाली प्रेसजगत्लाई स्वतन्त्ररुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

 

नेपाल पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहमा उहाँले यही भदौ १ गतेदेखि लागू भएको फौज्दारी र देवानी संहिताले पे्रसजगत्लाई अङ्कुश लगाएको आरोप लगाउनुभयो ।

 

महासङ्घका महासचिव रमेश विष्टले देश परिवर्तनको मुख्य खम्बा पत्रकारिता हो, जसलाई काम गर्ने वातावरण तयार गर्नु सबैको साझा कर्तव्य हो भन्नुभयो ।

 

नेपालका लागि इजरायली राजदूत बेन्नी ओमरले नेपाल र इजरायलबीचको सम्बन्धलाई अझ बढी व्यापक र सुमधुर बनाउन पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

 

कार्यक्रममा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत एशिया प्यासिफिक दैनिकका कार्यकारी सम्पादक अस्मिका गुरागाईंलाई रु १५ हजार नगद पुरस्कार तथा स्वतन्त्र पत्रकार विष्णुलाल श्रेष्ठलाई कदरपत्रबाट सम्मान गरिएको छ ।

 

मञ्चका अध्यक्ष युवराज विद्रोही र उपाध्यक्ष भन्द्रमणि भट्टराईले पत्रकारको हकहित र सुरक्षाका लागि यस संस्थाले निरन्तर रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।रासस