बिमस्टेक सम्मेलन शुरु, बहुपक्षीय उर्जा सम्झौता हुने पक्का

 

काठमाडौं, भदौ १३ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९विमस्टेक० को चौथो शिखर सम्मेलनमा बहुपक्षिय उर्जा सम्झौताको हुने निधो भएको छ । परराष्ट्र सचिवस्तरीय ‘सिनियर अफिसियल्स मिटिङ’ ९सोम० बैठकले यो विषयलाई अनुमोदन गरेको छ ।

 

मंगलबारको सोम बैठकमा साझा सहमति जुटेपछि वषौदेखि चर्चामा रहेको उर्जा सम्झौताले मूर्त रुप लिने भएको हो । ‘अन्तदेशिय प्रशारणलाइन सञ्जाल विस्तार गर्ने मार्ग प्रशस्त भएको छ, यो विषयलाई सचिवस्तरीय बैठकले अनुमोदन गरेको छ’–बैठकबारे जानकारी दिदै परराष्ट्र मन्त्रालयका सह–सचिव भरतराज पौडेलले भन्नुभयो । त्यसैगरी विमस्टेक वडापत्र, सचिवालय, विमस्टेक कोष र अन्य क्षेत्रिय निकाय खाका तय सोम बैठकले मन्त्रीस्तरिय बैठकलाई सुझाएको छ ।

 

बडापत्र, कोष र क्षेत्रीय निकाय निर्देशित गर्ने स्पष्ट खाका तय नहुँदा २ दशक अवधि पार गरेको विमस्टेक गतिशिल बन्न सकेको छैन । कोष सञ्चालनको खाका र उपयोग गर्ने कार्यविधी तय नभएकाले काठमाडौं सम्मेलनमा सम्झौता नभएपनि छलफलको मुख्य एजेन्डा बन्ने निधो भएको छ । ‘कोष सञ्चालनको कार्यविधीबारे सम्मेलनपछि गठन हुने प्राविधिक समुहले विस्तृत छलफल गर्दै मोडालिटी तय गर्नेछ’–सह–सचिव पौडेलले भन्नुभयो । स्वतन्त्र व्यापार सम्झौता छलफलको अर्को महत्वर्पूण विषय हुने भएपनि सम्झौता भने यही सम्मेलनमा नहुने, आगामी महिना बंगलादेशमा हुने बैठकले यसबारको विस्तृत खाका तय गर्ने बताइएको छ ।

 

सचिवस्तरीय बैठकमा विमस्टेकका १४ प्राथमिकता क्षेत्र घटाउन र मिल्दा जुल्दा प्राथमिकता क्षेत्र एक आपसमा गाभ्ने विषयमा पनि छलफल भएको पौडेलले बताउनुभयो । व्यापार र लगानी, कनेक्टीभिटी, दिगो विकास, उर्जा, जलवायु परिवर्तन, प्रतिआतंकवाद र संक्रमणकालीन अपराध, मानव स्रोत व्यवस्थापन जस्ता शीर्षकमा प्राथमिकता क्षेत्र सीमित गर्न प्रस्ताव गरिएको छ । सोम बैठक मंगलबार विहान ९ बजेदेखि होटल सोल्टीमा शुरु भएको थियो ।

 

नेपाल विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र भएकाले बैठकको अध्यक्षता परराष्ट्र सचिव शंकरदास बैरागी गर्नु भएको थियो । सदस्य राष्ट्रका समकक्षीको सम्मानमा बैरागीले सोमवार साँझ रात्रीभोज दिनु भएको थियो । आज बुधवार बस्ने मन्त्रीस्तरिय बैठकले सोम बैठकका सुझाव ग्रहण गर्दै सम्मेलनको अन्तिम एजेन्डा तयार गर्ने भएको छ । नेपालले कनेक्टीभिटी, ‘माउन्टेन इकोनोमी’, जलवायु परिवर्तनका मुद्धा सहित ‘बुद्धिस्ट सर्किट’को एजेन्डालाई प्राथमिकतामा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

गत वर्ष काठमाडौंमा भएको १७ औं विमस्टेक मन्त्रीस्तरिय बैठकले पर्वतीय मुलुकका लागि ‘माउन्टेन इकोनोमी’ र समुन्द्रमार्गसँग पहुँच भएकाहरुका लागि ‘ब्लु इकोनोमी’को अवधारणा अघि सारेको थियो । त्यसैगरी सन् २०१४को मार्चमा म्यानमारमा सम्पन्न विमस्टेकको तेस्रो शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बुद्धिस्ट सर्किट बारे चर्चा गर्नु भएको थियो । नेपालले तय गरेका प्राथमिकता क्षेत्रबारे सम्मेलनमा छलफल हुनेमा परराष्ट्रका अधिकारीहरु विश्वस्त छन् ।

 

सोम बैठकले यस अघि विभिन्न समयमा भएका भन्सार सञ्चालन, यातायात तथा सञ्चार, सामुन्द्रिक पारवहन, मोटर भेइकल एग्रिमेन्ट, प्रविधि हस्तान्तरण, क्षेत्रीय सुरक्षा जस्ता विषयको समिक्षा गरेको छ । त्यसैगरी बैठकले प्रतिआतंकवाद र अन्तरदेशिय अपराध, कृषि, गरिवी निवारण, सचिवालयको अनुमानित बजेट र आवश्यक पूर्वाधार खाकाबारेमा पनि छलफल गरेको छ ।

 

यसै वीच मन्त्रीस्तरिय बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका विदेशमन्त्रीहरु मंगलबार साँझ सम्ममा काठमाडौं आइपुगेका छन् । सम्मेलनमा सहभागी हुन राष्ट्राध्यक्ष विन मिन्ट पनि मंगलबार दिउँसो काठमाडौं आइपुग्नु भएको छ भने उहाँका श्रीलंकाली समकक्षी मैथ्रीपाला सिरिसेना आज बुधवार आउँदै हुनुहुन्छ ।

 

भुटानका अन्तरिम मन्त्रीपरिषद्का प्रमुख सल्लाहकार छिरिङ वाङचुक पनि बुधवार नैं काठमाडौं आउँदै हुनुहुन्छ भने भारतीय, बंगलादेशी र थाइल्यान्डका प्रधानमन्त्रीहरु भोली विहीवार मात्रै नेपाल आउने समय तय भएको छ । मित्रराष्ट्रका पाहुनाको सम्मानमा विहीवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गर्दै हुनुहुन्छ । नेपाल समाचारपत्रबाट