ओली-नेपाल खटपट, यस्तो छ कारण

 

काठमाडौं, भदौ १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ ।

 

जिल्ला कमिटीहरुमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । पार्टीभित्र आफूहरुलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ ।

 

जिल्ला तहमा नेतृत्व चयन गर्दा ओली पक्षले पेलेको र स्थान नदिएको गुनासो लिएर नेपाल निकट नेताहरु काठमाडौं आउन थालेका छन् । आजको नागरिक दैनिकबाट ।