मुख्य अपराधमा प्रहरी नै विवादमा

 

काठमाडौं भदाै १३ अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैं विवादमा तानिएको छ । निशान खड्का अपहरण, डा गोविन्द केसी जुम्ला अनसन र कञ्चनपुरकी किशोरीको हत्या प्रकरण यसैका उदाहरण हुन् ।

 

बालक निशान खड्काको अपहरणमा संलग्न भनिएका दुई युवाको ‘फेक इन्काउन्टर’ विवादमा महानगरीय प्रहरी अपराध महाशाखा तानियो । गृहमन्त्री रामबहादुर थापाले नै इन्काउन्टर भएको दाबी गरेपनि यसबारे उठेका प्रश्न्को उत्तर दिने दायित्वबाट प्रहरी पन्छियो ।

 

यस्तै जुम्लास्थित कर्णाली विज्ञान प्रतिष्ठानमा अनसनरत डा गोविन्द केसीलाई साउन ३ मा काठमाडौं ल्याउने क्रममा पनि प्रहरीको भूमिका विवादित रह्यो । झडपपछि जुम्ला प्रहरी प्रमुख डीएसपी तपन कुमार दाहालले प्रहरीको मृत्यु भएको भन्दै झूटो खबर फैलाए ।

 

यसो त कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा पनि तत्कालिन एसपी डिल्लीराज विष्टको भूमिका शंकास्पद रहेको बताइदै आएको छ । अहिले उनी निलम्बित अवस्थामा रहेका छन् ।,आजको कान्तिपुरबाट।