एसिया कप छनोटः ओमानसँग नेपाल पराजित

काठमाडौं ,भदौ १३ । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ ।

 

नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर जित हात पारेको हो।

 

ओमानको जितमा खावर अलीले सर्वाधिक नटआउट ८४ रन बनाए। वैभव वाटेगावन्करले ४१ , जतिन्दर सिंहले ३० र जीसन मकसुदले अविजित ४५ रन बनाए।

 

३३ रन जोड्दा पहिलो विकेट गुमाएको ओमानले दोस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेको थियो।

 

नेपालका लागि कप्तान पारस खड्काले एक विकेट लिए। २ ब्याट्सम्यान रन आउट भएका थिए।