कञ्चनपुर घाइतेलाई नगर प्रमुखको आर्थिक सहयोग

 

कञ्चनपुर, भदौ १३ । १३ वर्षीय निर्मला पन्त हत्याको विषयलाई लिएर भीमदत्तनगर बजारमा भएको प्रदर्शनका क्रममा प्रहरी संगको झडपमा परि घाइते भएका चारजनालाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले आर्थिक सहयोग गरेका छन् ।

 

त्रिवि शिक्षण अस्पतालमा उपचार गराई रहेका अर्जुन भण्डारा, चेतन भट्ट, मञ्जु गिरी र तेजराज भट्टलाई भेटेर नगर प्रमुख ऐरले आर्थिक सहयोग गरेका हुन् ।

 

नगरप्रमुख ऐरले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै जनही रु एक हजारका दरले व्यक्तिगत सहयोग गरेका हुन् । प्रदर्शनमा  घाइतेलाई नगरपालिकाकातर्फबाट समेत सहयोग गरिने उनले बताए ।