सिटिजन बैंकका कर्मचारी सहित ५ जना प्रहरीको फन्दामा

काठमाडौँ, भदौ १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई रु दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पु¥याउने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 

बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई हानि पु-याउने ती व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

 

पक्राउ पर्नेमा बैङ्कका कर्मचारीहरु वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभगाका अमितराज बज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र सङ्खुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइली छन् ।

पक्राउ परेकालाई उच्च अदालत पाटनबाट आज सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस