प्रकाण्डलाई तेस्रोपटक म्याद थप

नुवाकोट, भदौ १३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

स्काभेटर जलाएको आरोपमा काठमाडौँमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता प्रकाण्डलाई बुधबार तेस्रोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो ।

 

अदालतले गत शुक्रबार तीन दिन र गत आइतबार तीन दिन म्याद थप गरेको थियो । प्रहरीले हरेक पटक एक साताको म्याद थप गर्न माग गरे पनि नुवाकोट अदालतले भने तीन÷तीन दिन मात्र म्याद थप गर्दै आएको छ ।

 

गत साउन ७ गते राति बेलकोटगढी नगरपालिका–९ नलगाउँमा सडक निर्माण गर्दै गरेको ठेकेदारको दुई थान स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई मुद्दा चलाइएको छ । उक्त स्काभेटर जलाएको आरोपमा नेत्रविक्रम चन्द्र विप्लव, प्रवक्ता विश्वकर्मासहित १५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । रासस