डुङ्गा दुर्घटना छानबिन आयोग

गौर, भदौ १३ । गौर नगरपालिका–४ टिकुलिया बकैया खोलामा भएको डुङ्गा दुर्घटनाको कारण खोज्न विपत् व्यवस्थापन समिति रौतहटले पाँच सदस्यीय छानबिन आयोग गठन गगरेको छ ।

 

गत शनिबार बेलुकी ७ बजे डुङ्गा सवार यात्रीमध्ये पाँचको ज्यान गएको र २० जना उद्धारपछि घर फर्केका थिए । घटनाको सत्यतथ्य सार्वजनिक गर्ने उद्देश्यले सहायक प्रजिअ धर्मानन्द जोशीको संयोजकत्वको सो आयोगमा जिल्ला प्रहरी कार्यालयका एक प्रहरी निरीक्षक, नेपाल पत्रकार महासङ्घ रौतहट, सडक डिभिजन कार्यालय र नेपाल रेडक्रस सोसाइटीका एकजना प्रतिनिधि रहनेछन् ।

 

डुङ्गा दुर्घटनामा निधन भएकामध्ये हालसम्म गौर नगरपालिका–४ का ६५ वर्षीया शान्तिदेवी साह, ओमप्रकाश चन्द्रवंशी, गौर नगरपालिका औरैया की ३५ वर्षीया रुनादेवी पटेलको शव फेलापरेको छ । रासस