छोराछोरीलार्इ मार्मिक सन्देश रेकर्ड गरेर आत्महत्या गरिन् यी महिलाले

 काठमाडाैं भदाै १४। नेपालमा महिला हिंसाविरुद्ध व्यापाक विरोध प्रदर्शन भइरहेको बेला अछामको मंगलसेन–७ की ४० वर्षीय पवित्रा ढुंगानाले भारतमाआत्महत्या गरेकी छन् ।आफूलाई श्रीमानले मर्न बाध्य पारेकै कारण आफूले आत्महत्या गरेको बताएकी छन् । उनले आत्महत्या गर्नुुअघि रेकर्ड गरेको अडियो सार्वजनिक भएको छ।उनले आफ्ना तीन छोराछोरीको लागि अन्तिम ‘अर्ति’ अर्थात् उपदेश रेकर्ड गरेर खल्तीमा हालेर आत्महत्या गरेकी हुन्।

 

हाल कैलाली बस्दै आएकी पवित्राले आत्महत्या भने भारतमा गरेकी हुन् । तीन छोराछोरीकी आमा पवित्रा श्रीमानसँगै बस्दै आएकी थिइन् । छोराछोरी स्कूल गएको मौका छोपी उनले आत्महत्या गरेको अडियोबाट बुझ्न सकिन्छ । उनले रुँदै छोराछोरीलाई अन्तिम अर्ति दिएकी छन् । स्कूलबाट फर्केपछि मेरो लास हेर्नु । घर भन्नु भन्दै जेठो छोरालाई भाइबहिनीलाई सामाल्नु भनेकी छन् । जेठो छोरा १३ वर्षको भएको अडियोमै भनेकी छन् । जेठो छोरालाई भाइ र बहिनीलाई नपिट्नु, ठूलो बनाउनु, भाई बहिनीलाई समाल्नु भनेकी छन् ।

 

‘मलाई बस्न र खान नदिएकै कारण कारण छोरा म मर्दछु, के गरु मलाई सारै भयो । भाई मामाको खोजी गएको छ, राम्रोसँग हेर्नु । मलाई बाच्न नदिएरै मर्दैछु । त्यसको (श्रीमान) पछाडी नजानु, मामाको घरमा जानु, राम्ररी बस्नु, साँझ आउनु मेरो लाश हेर्नुु,’ पवित्राले अडियोमा भनेकी छन्।आफूले जन्माइ दिएको र योभन्दा बढी केही गर्न नसक्ने भन्दै काम गरेर खानु तर कसैको पनि चोरेर नखानु भनेकी छन्।

 

‘भाइ मामाको खोली गएको छ । तँ १३ वर्षको भइहाली । भाइलाई नहान्नु, ठूलो बनाउनु । मलाई रात दिन बस्न खान नदिएर मरेकी हुँ बाबु, मेरो बेइजत भयो । मैले जन्म दिए, भात–दाल पकाएर खुवाए, त्यति मात्रै हो बाबु । अरु धेरै मुले परेका (आमा नभएका) बच्चाहरु छन् ।

 

काम गरेर खानु, कसैको चोरेर नखानु । मैले कसैको एक रुपैयाँ खाएको छैन । तीन लाख मना अन्टीलाई दिएकी छु,’ पवित्राले रेकर्ड गरेको अडियोमा रुँदै भनेकी छन् । उनले आफूलाई श्रीमानले बस्न–खान र नभएकै आरोप लगाएकै कारण आफूले आत्महत्या गरेको बताएकी छन्। ।छोरी मनिसालाई हजुर आमाको घरमा बस्नु भनेकी छन् ।

 

पवित्राले श्रीमानले आफूलाई विभिन्न आरोप लगाएर आफ्नो बेइजत गरेको अडियोमा भनेकी छन् । आफू मरेको खबर माइजुलाई भन्नु भन्दै सम्झना आए फोटो हुर्न छोराछोरीलाई भनेकी छन् । उनले यो रेकर्ड खल्तीमा हालेको बताएकी छन् । ‘छोरा आफ्नो बाटो आफै समाल्नु । १० कठा जमिन छ, आफ्नो भाग लिनु । तिम्रो पढाई यति नै हो,’ पुष्पाले अन्तिममा भनेकी छन् ।

 

भारतको निगडीमा पवित्राले मंगलबार आत्महत्या गरेकी हुन् । उनी त्यहाँ श्रीमानसँगै मजदूरी गरेर छोराछोरीलाई पढाईरहेकी बताइएको छ । पवित्राको आत्महत्याको समाचार स्थानीय पत्रिकाले प्रकाशित समेत गरेका छन् । प्रहरीले पवित्रका श्रीमान् र अडियो भनिएका करनलाई पक्राउ गरेको छ।