साढे ३३ किलो सुन तस्करी प्रकरण : थप पाँच जनालाई थुनामा राख्न आदेश

विराटनगर भदाै १४।  जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थप पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

 

अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले बुधबार पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

 

सुन तस्करी प्रकरणमा विमल पोद्दार, सञ्जय खेतान, राजकुमार दारुगा, इम्तियाज उद्दिन, अबु सलमान खान, बालकृष्ण खड्का र ठाकुरप्रसाद ढुंगानाविरुद्ध दोस्रो पूरक अभियोग जिल्ला अदालत मोरङमा दर्ता गरिएको थियो ।

 

विमल, सञ्जय, राजकुरमार, इम्तियाज र अबु सलमानलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आजको नागरिकबाट ।