पौडेल र सिटौलाबीच फाटो

काठमाडौं, भदौ १४ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीबीच अविश्वास बढेको छ । अविश्वासकै कारण सिटौलाले आफुनो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् ।

 

अनपुम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो सकेत दिएका हुन् । जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्धारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौति विषयक कार्यक्रममा सिटौला पक्षीय नेता कार्यकर्ताको मात्रै उपस्थिती थियो ।

 

केन्द्रीय सदस्य गगन थापा प्रदीप पौडेल, शिव हमागाईसहित आफु पक्षीय सांसद जिल्ला कार्यसमिति सभापतिसहितका नेता कार्यकर्तामाझ सिटौलाले तेस्रो समुह अव पार्टी सुधारका लागि केन्द्रित हुने उद्घोष गरे ।

 

आफ्नै समुहलाई क्रियाशील बनाउने अभियानमा जुटे सिटौला

 

सिटौला चुनावी मैदानमाा थिए । पहिलो चरणमा ५१ प्रतिशत नआएपछि दोस्रोपटक सबैभन्दा बढी मत ल्याउने उेउवा र पौडेलबीचको प्रतिस्पर्धामा सिटौलाले देउवालार्य सघाए ।

 

तयहि समयदेखि गहिरिएको अविश्वास संसदीय निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि सभापति देउवाको पार्टी सञ्चालन र भुमिकाको विरोध गर्न एउटै कितमा जोडिएका थिए ।आजको कान्तिपुर दैनिकबाट।