साना बालबालिकालाई मोबाइल र टिभिबाट कसरी छुाउने ?यस्ताे तरिका सहित जानकारी लिनुहोस

काठमाडाै।अहिलेकाे जमनामा बिज्ञान र प्रबिधिले गरेको प्रगती हेर्दा हामीले एउटा कालमा व्यतित गर्नुपर्ने समय निकै थोरै पाईराखेका छौ जस्तो लाग्छ | हो, बिज्ञानले गर्दा हाम्रो जीवन सहज बनेको त छ, तर अर्कोतर्फ जीवनलाई सहज वा असहज भनेर मुल्यांकन गर्ने उमेर सम्म पुग्नु अगावै यसको नकारात्मक पक्षले असर गर्ने समस्या पनि देखिन थालेको छ | सन्दर्भ हो आज भोलिका बालबालिका र उनीहरुलाई अत्याधिक द्रुत गतिमा लाग्दै गरेको स्मार्ट फोन र ट्याब्लेटको नशाको |

 

आफ्नो बच्चालाई मोबाइल र ट्याबलेट बाट कसरी छुटकारा दिलाउने, यो एउटा गम्भीर प्रश्न भएर आएको छ हिजोआज नेपाली परिवारमा

अचेल जसको घरमा केटाकेटी छन् त्यो सबै घरको सामान्यत: समस्या ति केटाकेटीहरुको स्मार्ट फोन प्रतिको लगावनै हो | बच्चाहरू भएका सय वटा घरमा सोध्नु पर्यो भने प्राय सबैजसो घरमा देखिने उस्तै समस्या “मोबाइल वा ट्याब्लेट नहेरी खाना नखाईदिने” नै हुदो हो |

 

म ७, ८ बर्षको हुँदा, उपकरणको नाममा ब्ल्याक एंड व्ह्याईट टिभी बाहेक केही थिएन हाम्रो घरमा, र त्यो पनि एसो छुन मन लग्यो भने घरमा बा-आमा नभएको मौका छोप्नु पर्थ्यो, र अहिले त्यो दिन सम्झदा आफुलाई निकै भाग्यमानी ठान्दछु किनकी हाम्रो घरमा टिभी थियो, मेरा धेरै साथीहरू अरुको घरमा गएर ट्वाक्क टुक्क, चन्द्रकान्ता, हिजो आजका कुरा जस्ता कार्यक्रम हेर्ने गर्थे | अनि म आजका केटाकेटी देख्छु, छक्कै पर्छु | मोबाईल नसुम्सुम्याई भातै निल्न सक्दैनन्, यु ट्युबमा खोजि खोजी भीडीओ हेर्छन | छोराछोरी को मोबाइल र कार्टूनको नशाले बाबुआमा समेतलाई ति कार्टूनहरुको नाम कन्ठै भैसक्यो, कोइ कोइ त छोराछोरीसंगै हेर्दै रमाउन थालिसकेको पनि देखिन्छ | ज्यादै अचम्म लाग्छ |

 

मोबाइलमा गेम डाऊनलोड गरेर खेल्न सिक्न कतिपनि समय नलगाउने अचेलका भुराभुरिहरु फोटो खीच्छन, जूम गरी गरी अरुलाई देखाउछन्, तेरिमा टोक्ने ! जमाना चांही अहिले आकै हो जस्तो लाग्छ |

 

तर समस्या त्यो होइन, समस्या केटाकेटीलाई लाग्नेगरेको यो लत हो, जुन नभई उनीहरु न खान्छन न खाको निकाल्छन | कलिलै उमेरमा अत्याधिक समय मोबाईल वा ट्याबलेटमा बिताउनाले उमेर बढ्दै जादा नशाको, आँखाको र ढाडको समस्या हुन सक्ने प्रबल सम्भावना हुन्छ | विभिन्न समय र स्थानमा गरेको अध्ययनका अनुसार डिप्रेसन र अरु मानसिक रोक पनि हुन सक्ने देखिन्छ | बेलायतमा लगभग ७ बर्षको उमेर देखि बच्चाहरू मोबाईल चलाउन थाल्छन र लगभग १३ बर्षको हुदा धेरैजसो उनीहरु फोनको लत छुटाउन सुधार केन्द्रमा भर्ति हुन्छन जसलाई उनीहरु स्मार्ट फोन रिह्याब (Smart Phone Rehab) भन्छन |

 

दोष उनीहरुको होइन, उनीहरुलाई जेमा रमाइलो गर्न सिकाइन्छ त्यसमै रमाउछन्, हाम्रो पालामा गुच्चा खेल्न, उफ्रिन, कुद्न रमाइलो हुन्छ भन्ने सिकाईयो, हामी त्यसमै रमायौ।