सभामुख महरा चीन भ्रमणमा जांदै ,मौलिक हकसम्बन्धि विद्येयकको छलफल छाडेर

काठमाडौ भदाै १४। आगामी असोज २ गते भित्र मौलिक हक सम्बन्धि सबै विद्येयक संसदबाट दफावार छलफल गरेर पारित गराउनुपर्नेछ । तर, उनको भ्रमणले ति विद्येयकको छलफल प्रभावित हुने भएको छ । चीन भ्रमणका कारण पाँच दिन संसद अबरुद्ध हुने भएपनि उपसभामुखलाई उनले जिम्मेवारी दिएका छैनन् ।

 

संसदमा पेश भएको मौलिक हक सम्बन्धी १७ वटा विद्येयकको छलफल छाडेर सभामुख कृष्णबहादुर महरा पाँच दिने चीन भ्रमणमा जाने भएका छन् । तीन वर्ष भित्र कार्यान्वयनमा आईसक्नुपर्ने मौलिक हक सम्बन्धी विद्येयक उनकै कारणले प्रभावित बनेको छ ।

 

संबिधान घोषणा भएको तीन वर्ष भित्र मौलिक हक अधिकार सम्बन्धि कानुन पूर्ण रुपमा कार्यान्वयन आउनुपर्छ भनेर संबिधानमा लेखिएको छ । तर, महराका कारण विद्येयक माथीको छलफल अलपत्र परेको छ ।

 

सभामुख महरा यहि आउँदो भदौ २२ गते चीन भ्रमणमा जान लागेका हुन् । पाँच दिनको भ्रमणपछि उनी भदौ २६ गते स्वेदश फर्कने कार्यक्रम रहेको छ । ‘ पाँच दिनको लागि चीन भ्रमणमा जादैछु तर, तीन दिन मात्रै संसदको बैठक चल्दैन, सभामुख महराले भने, ‘बाँकी दुई दिन बिदा परेको छ ।’ चीन भ्रमणबाट फर्केको भोलीपल्ट संसदको बैठक आह्वान गर्ने भनिएपनि भदौ २७ गते तीजको विदा परेको छ ।

 

महरासँगै १० सदस्यीय सांसद र संसद सचिवालयको टोली लासा जान लागेका हुन् । उनीसँगै सांसदहरु हेमकुमारी राई, रंगमती शाही, उमाशंकर अरगरिया, शान्तिमाया तामाङ, र संसद सचिवालयका भरतराज गौतम चीन भ्रमणमा जादैंछन् ।

 

संबिधान निर्माण भएको दुई वर्षपछि बाँकी रहेको विद्येयकलाई समुहमा छलफल गर्नका लागि अगाडी बढाईसकिएको थियो । चीन सरकारको निमन्त्रणामा सभामुख महरा चौथो चीन–तिब्बतको पर्यटन सांस्कृतीक एक्स्पो कार्यक्रममा सहभागी हुन जान लागेका हुन् ।