कडा रोगका विरामीलाई २ अर्ब !

काठमाडों, भदौ १५ । सरकारले ८ वटा कडा रोग लागेका बिरामीको उपचारमा विपन्न नागरिक उपचार कार्यक्रममार्फत एक बर्षमा झन्डै साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ ।

 

गत बर्ष २१ हजार ८ सय १६ बिरामीले उपचार खर्चवापत २ अर्ब ४३ करोड ४४ लाख ३८ हजार ७ सय ४९ रुपैयाँ अनुदान लिएको जानकारी स्वास्थ्य सेवा मिभागको नर्सिङ तथा सामाजिक सुरक्षा शाखा टेकुले दिएको छ ।

 

०७३र७४ मा कडा रोगको उपचारमा १७ हजार ४ सय ७१ जनताले १ अर्ब ३३ करोड ७ लाख ५२ हजार ५ सय ५१ रुपैयाँ सरकारी अनुदान प्राप्त गरेका थिए ।

 

क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किनसन र अल्जाइमरलाई कडा रोग मानेर सरकारले उपचारमा विपन्न नागरिकलाई अस्पतालको बिल भर्पाइअनुसार अनुदान दिने गरेको छ ।  आजको कान्तिपुर दैनिकबाट ।