निर्मला हत्या प्रकरण : प्रहरीले नै प्रमाण मासेको आशंका !

कञ्चनपुर भदाै १५।भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् ।

 

घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् ।

 

शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्यो ? , एक स्थानीयले भने, प्रहरीले घटनास्थलको सुरक्षामा पनि खासै चासो दिएन । प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

 

अम्बाको रुख हलिे नै किन काटियो, निर्मलाले रुखमा चढेर अम्बा टिपेको कुरा पनि आएको छ, अर्का स्थानीय रतन ओझाले भने । निर्मलाकी आमा दुर्गादेवी पनि यिनै विषयलाई जोडेर बम दिदीबहिनीमाथि शंका व्यक्त गरिरहेकी छिन् ।

 

छोरी खोज्न जाँदा उनीहरुले देखाएको व्यवहार र क्रियाकलापले पनि घटना तयही घरभित्र भएको हुन सक्ने उनको बुझाई छ ।,आजको कान्तिपुर दैनिकबाट ।