फेरि कञ्चनपुरमा १५ वर्षीय किशोरीमाथि बलात्कार

कञ्चनपुर, भदौ १५ । बिहीवार राति दुई बजेको समयमा किशोरीको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कुवेर कडायले बताए ।

 

१३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउदै कञ्चनपुको बेलडाँडी गाउँपालिका–१ का अन्ताजी १५ वर्षीय किशोरी माथि बलात्कार भएको छ ।

 

किशोरीको घरमा पूजा चलिरहेका बेला पूजामा सहभागी हुन मोटरसाइकलमा आएका चारजना युवाहरुले फोन गरि उनलाई सडकमा बोलाएका थिए । परिवालाई उद्धत गर्दै उनले भने–‘जवरजस्ती मोटरसाइकलमा लगेर जवदिया पुर्याएर बलात्कार गरिएको छ ।

 

दुई जनाको पहिचान खुलेको र बाँकी दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरी उपरिक्षक कडायतले बताए । किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वाथ्य परिक्षण गराउने तयारी गरिएको छ।

 

किशोरीको भनाइअनुसार एक जनाले मात्रै बलात्कार गरेको भनेको छ । उनले भने–‘सहमतीमै भएपनि उमेर नपुगेकाले बलात्कार नै ठहर्छ ।किशोरीलाई जवरजस्ती मोटरसाइकलमा राखेर लगेको परिवारले थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आज बिहान मात्रै किशोरीको उद्धार गरेको छ ।