चौथो विमस्टेक सम्मेलन सम्पन्न १८ बुँदे घोषणा पत्र जारी गर्दै

काठमाडाैं  भदाै १५। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

 

घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । सम्मेलन बिहिबारबाट काठमाडौँमा शुरु भएको थियो ।काठमाडौंको होटल सोल्टीमा दुई दिनसम्म चलेको सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

 

यसक्रममा ग्रिड इन्टरकनेक्सनका विषयमा बिमस्टेक राष्ट्रहरुबीच एमओयुमा समेत समझदारी भएको छ । यसमा बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरु हस्ताक्षर गरेका छन् ।

 

आजै बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख स्वेदश फर्कने कार्यक्रम रहेको छ । बिमस्टेकको स्थापना सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा भएको थियो । बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहने गरी क्षेत्रीय सञ्जाल गठन भएको थियो ।

 

नेपाल सन् १९९८ मा यसको आमन्त्रित सदस्य बनेको थियो । सन् २००४ फेब्रुअरीमा थाइल्यान्डमा भएको छैटौं मन्त्रीस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए । त्यसअघि ‘सहकार्य, सहिष्णुता र समृद्धि’ को मूल नारासहित म्यान्माको राजधानी नेपिटमा सन् २०१४ को मार्चमा बिम्स्टेकको तेस्रो शिखर सम्मेलन भएको थियो । बिम्स्टेकको अध्यक्षीय कार्यकाल हरेक दुई वर्ष हुने गर्छ ।

 

सन् १९९७ डिसेम्बर २२ को मन्त्रीस्तरीय बैठकबाट म्यान्मार यसको सदस्य भएको थियो । सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा भएको प्रथम शिखर सम्मेलनबाट बिम्स्टेकको नामकरणलाई अनुमोदन गरेको थियो । यसको स्थायी सचिवालय बङ्गलदेशको राजधानी ढाकामा छ ।