सरकारी निवास जोशीले छोडे

काठमाडौ भदाै १५।पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्ग्रमन भएपछि कामु प्रधानन्यायाधीशको हैसियतमा जाेशी चैत ३ गतेबाट बालुवाटार स्थित सरकारी निवासमा बसाइ सरेका थिए ।

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले विहीबार साँझबाट बालुवाटार स्थित सरकारी निवास धुम्बाराहीस्थित आफ्नै निवास सरेका छन् ।

 

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी साउन २० गतेदेखि बिदामा बसेका थिए । १५ दिनको बिदामा बसेका जोशीले समयअबधी थपेर ६ दिन बिदामा बसेका थिए । उनले थप गरेको बिदाको समय भदौ ९ गतेबाट सकिएको छ । विदा सकेर सरकारी निवास छाड्ने क्रममा काठमाडौपार्टीको प्रश्नमा उनले केही दिन हेरेर निर्णय लिने बताए । उनले तत्काल राजिनामा नदिने तर केही दिन पर्खेर हेर्ने बताए ।

 

न्याय परिषद्ले प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्चका तीन न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र र चालेन्द्र समसेर जवराको नाम संबैधानिक परिषद्मा पठाएको थियो । शुरुमा संबैधानिक परिषद्ले जोशीको नाम प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई समितीमा पठाएको थियो । तर, उनको नाम समितीबाट अनुमोदन हुन सकेन । संसदीय सुनुवाईबाट जोशीको नाम अस्वीकृत भएपछि उनी बिदामा बसे ।

 

जोशी बिदामा बसेपछि बरिष्ठताका आधारमा सर्वोच्चको कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा ओमप्रकाश मिश्रले मुद्धाको पेशी तोकिरहेका छन् । जोशीको नाम अस्वीकृत भएपछि संबैधानिक परिषद्ले दोस्रो बरियताका न्यायाधीश ओमप्रकाश मिश्रको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ ।