श्रीलंकालाई बिम्स्टेक अध्यक्षता हस्तान्तरण

काठमाडौँ भदाै १५। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ ।

 

प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहयता प्राप्त भएकोमा हार्दिक आभार प्रकट गरे ।

 

राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन्।साथै उनले नयाँ अध्यक्ष राष्ट्र श्रील¬ङ्कालाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे।