आइतबार सार्वजनिक बिदा

 

काठमाडौं, भदौ १५ । आइतबार श्रीकृष्ण जन्माष्टमी परेको हुँदा प्रदेश २ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश २ काे मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

संघीय सरकारले सार्वजनिक बिदा कटौती गरे पनि प्रदेश सरकारले भने बिदा दिँदै आएका छन् । तर, प्रदेश सरकारको बिदा दिने निर्णयलाई केही सरकारी कार्यालयले भने अवज्ञा गर्दै आएका छन् ।