कञ्चनपुरमा एक वृद्ध मृत फेला

सांकेतिक तस्बिर

कञ्चनपुर, भदौ १६ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ गणेशपुरका ६० वर्षीय पसी रानाको शव नहरमा आधा डुबेको अवस्थामा शनिबार फेला परेको छ ।

 

स्थानीय बासिन्दाले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परिक्षण पश्चात आफन्त जिम्मा लगाइएको छ । प्रहरीले अन्य अनुसन्धान प्रकृया जारी रहेको जनाएको छ ।

 

सिमपुरदेखि टेडिया जाने भगतपुर स्थित नहरमा रानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कुवेर कडायतले बताए ।