यस्ताेअनौठो ठाँउ जहाँ संसारकै सुन्दरी महिला जसलाई नुहाउँने अनुमति छैन

एजेन्सी।दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ ।अफ्रिकाको उत्तरी नामिबियाको कुनैन प्रान्तमा एक यस्तो जातिहरुको बसोबास छ जहाँको महिलाहरुलाई नुहाउने अनुमति छैन् । कुनैन प्रान्तमा रहेका हिम्बा जनजातिको जनसङ्ख्या करिब ५० हजार रहेको छ ।

 

यस जातिका महिलाहरुलाई अफ्रिकाको सबैभन्दा सुन्दर महिलाहरु मानिन्छ तर उनीहरुलाई कहिल्यै नुहाउने अनुमति छैन् । यतिमात्रै होइन् यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन् । तर, उनीहरुले आफ्नो सरसफाईको लागि उनीहरुको एक विशेष तरिका अपनाउने गरेका छन् ।

 

हिम्बा जनजातिका महिलाहरुले नुहाउनको सट्टा विशेष प्रकारको जडीबुटिलाई पानीमा उमालेर त्यसको धुँवाबाट आफ्नो शरिर ताजा बनाँउछन् । यसले उनीहरुको शरिरको गन्ध हट्छ र कहिल्यै ननुहाए पनि राम्रो बास्ना आउँछ ।

 

यस जातिका महिलाहरु आफ्नो छालालाई घामबाट बँचाउनको लागि एक विशेष प्रकारको लोसन लगाँउछन् । यो लोसन विभिन्न जनावरको बोसो र हेमाटाइटको धुलोबाट बनाइएको हुन्छ ।

 

हेमाटाइटको धुलोको कारणले उनीहरुको छालाको रंग रातो हुन्छ र यो विशेष लोसनले उनीहरुलाई किराहरुले टोक्न बाट पनि बचाँउछ । यी महिलाहरुलाई रेड म्यान नामले पनि चिनिन्छ ।