कञ्चनपुरमा किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

कञ्चनपुर भदौ १६। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का अन्ताजी १६ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर बिष्ट रहेका छन् ।

शुक्रबार किशोरीलाई जवदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न अर्काको प्रहरीले खोजी गरि रहेको छ । किशोरीको स्वास्थ्य परिक्षणलगायतका कार्य सम्पन्न गरी अनुसन्धानको कार्य जारी रहेको बताइएको छ ।

 

पक्राउ परेका बिष्टलाई हिरासतमा राखि अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कुवेर कडायतले बताए । गत बिहीबार राती दुई बजे किशोरीको घरमा पूजापाठ भैरहेका बेला मोटरसाईकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाइ लगेका थिए ।