कुकुरले खुट्टा उचालेर पिसाव गर्नुको अचम्मैको कारण जुन सुन्दा तपाई अचम्म पर्नु हुनेछ

काठमाडौँ । कुकुरले पिसाब गर्दा जहिले पनि कुनै रुखको फेद, गाडीको टायर, खम्बा, भित्ता वा कुनै नकुनै केहि वस्तु माथि यो अनिवार्य नियम हो । त्यसैले हामीलाई यो कुरा सामान्य नै लाग्छ । कुकुरले यसरि पिसाब फेर्नु कारण सुन्दा तपाइलाई अचम्म पनि लग्न सक्छ ।यसको पछाडि पनि एउटा रोचक र तार्किक कारण रहेको छ ।

 

तपाईलाई यो त थाहै होला कि कुकुरहरुको आ-आफ्नो इलाका रहेको हुन्छ । त्यसैले कहिलेकाही यो पनि देख्नुभएको होला कि कुनै एक ठाउँमा कतैबाट एक अन्जान कुकुर आयो भने त्यस ठाउँको कुकुरले त्यसलाई लखेट्ने गर्छन् । वास्तवमा कुकुरले आफ्नो नाकको उचाइमा पिसाब फेर्दछ । ता कि उसले अन्य कुकुरका लागि आफ्नो गन्ध छाड्न सकोस् । कुकुरले आफ्नो इलाकाका विभिन्न ठाउँमा रहेका रुखका फेँद, पिल्लर, खम्बा, भित्ता तथा गाडीका टायर आदिमा पिसाब फेरेर आफ्नो इलाका तय गरेको हुन्छ । यसरि आफ्नो इलाकाको बारेमा अन्य कुकुरलाई जानकारी प्रदान गर्नको लागि कुकुरले त्यसरी पिसाब गर्ने गर्दछ ।

 

कहिलेकाँही यस्तो पनि देख्नुभएको होला कि कुकुर नजिक पार्क गरिराखेको गाडी गुडाउँदा कुकुरले गाडीलाई लखेट्दै परसम्म दौडिन्छ । वास्तवमा त्यतिबेला उसले सो गाडीको टायरमा पिसाब फेरेर आफ्नो साँध तय गरेको हुनाले गाडी गुड्न थालेपछि कुकुरले आफ्नो इलाकामा खलल पुग्न गएको अनुभव गरी आफ्नो इलाकाको रक्षाको निम्ति सो कुकुर प्रतिरक्षामा उत्रिएको हो । यसै कारणले कुकुरले खुट्टा उठेर पिस्हब गर्छ ।