अब एउटै फिल्ममा दुई बर्षा

काठमाडाै।  भित्री मनमुटाब रहेको हल्ला चलेका नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीलाई लिएर फिल्म बन्ने चर्चा चल्न थालेको छ । उनिहरु बाहिर आफुहरुबिच कुनै मनमुटाब नरहेको बताउदै आएतापनी यसबारे मिडियामा भने मनमुटाबको चर्चा चलिरहेकै बेला यि दुईलाई फिल्म ‘बकम्फुसे राजा’का लागि अफर गरिएको छ ।

 

आफ्नो जन्मदिनको अवसर पारेर संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको यो यो चलचित्रको घोषणा गरेका थिए । तर, दुबै नायिकाले फिल्म गर्ने वा नगर्ने बिषयमा लिखित संझौता गरेका छैनन् । यस फिल्मको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछानेले काम गर्न लागेको चर्चा छ ।

 

यस फिल्म घोषणाको दिन बर्षा राउत उपस्थित थिईन् तर उनले सो समय फिल्म खेल्न नभ्याउने बताएपनि अव फेरी फिल्म खेल्ने चर्चा छ । फिल्म बजारमा बर्षा राउत फेरि इन्ट्री भएपछि बर्षा सिवाकोटीले नखेल्ने जवाफ दिएको चर्चा समेत चलेको छ । यो बिषयमा निर्देशक सुवेदी भन्छन्-‘मसँग उहाँहरुले खेल्छु नै भन्नु भएको छ । बाहिर चलेको हल्ला मैले पनि सुनेको छु । अब, उहाँहरुलाई एकसाथ राखेर कुरा गरेपछि के हुन्छ थाहा होला ?