आफु भन्दा २३ वर्ष जेठासगँ बिहे गर्दा यी हिरोइनको यस्तो हाल, ५ घण्टा सम्म गर्नुपर्‍यो अपरेशन

एजेन्सी। मोडल, हिरोइन र टिभी प्रस्तोता पद्मा लक्ष्मी आज ४८ वर्ष पुगिन् । उनको जन्म १९७० सेप्टेम्बर १ मा चेन्नइको अयंगर ब्राह्मण परिवारमा भएको थियो । पद्माका मातापिताको सम्बन्धविच्छेद हुँदा उनी मात्रै ७ वर्षकी थिइन् । त्यसपछि उनको बाल्यकाल न्यूयोर्कमा बित्यो । पतिसँग छुट्टिएपछि पद्माकी आमा न्यूयोर्कमै बसेकी थिइन् ।

 

पद्माले मोडलिङको सुरुवात १८ वर्षको उमेरमै गरेकी थिइन् । विदाको क्रममा पद्मा स्पेनको मड्रिडमा एक क्याफेमा बसिरहेका बेला एक मोडलिङ एजेन्टले उनलाई देखेपछि उनलाई सम्पर्क गरेका थिए । त्यहीँबाट उनको मोडलिङ करिअर सुरु भयो । पद्माले २००३ मा फिल्म बुमबाट बलिउड डेब्यू गरिन् । यो अहिलेकी चर्चित हिरोइन कट्रिना कैफको पनि बलिउड डेब्यू फिल्म थियो ।

 

पद्मा लक्ष्मीले चर्चित उपन्यासकार सलमान रुश्दीसँग २००४ मा न्यूयोर्कमा बिहे गरेकी थिइन् । यी दुई पहिलोपटक १९९९ मा भेटेका थिए । बिहेका बेला सलमान रुश्दी ५७ वर्षका थिए र पद्मा ३४ वर्षकी थिइन् । सलमानले त्यतिबेला आफ्नी तेस्री पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए । यी दुईको यो बिहे धेरै चलेन र यी दुईले २००७ मा सम्बनधविच्छेद गरे ।

 

सम्बन्धविच्छेदपछि पद्माले एक अन्तरवार्तामा भनेकी थिइन् ‘मैले उनीसँग बस्ने धेरै कोसिस गरें तर सबै कुरा ठिक थिएन । सलमानसँगको शारीरिक सम्बन्ध निकै पीडादायक हुन्थ्यो । जब मैले अस्वीकार गर्थें तब उनले भन्थे कि कति सजिलै बहाना बनाउँछौ । यो पीडाको कारण मेरो शरीरमा भित्री चोड लाग्यो । जसका कारण मैले ५ घण्टा लामो अपरेशन गराउनुपर्यो ।’

 

सलमानसँग सम्बन्धविच्छेदपछि पद्माले राजकुमारी डायनाका फाइनान्सर रहेका थियोडोर टेड्डी फोर्स्टम्यानसँग बिहे गरिन् । २०११ मा उनको मृत्यु भयो । यी दुईकी ७ वर्षकी छोरी छिन् । रिपोर्टका अनुसार टेड्डीले उनीहरुको लागि ठूलो राशीको सम्पत्ति छोडेर गएका छन् ।